काठमाडौँ, ३१ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही जेठ ४ गते बिहीवार प्रतिनिधि सभाको बैठकमा प्रश्नोत्तर गर्ने तयारी गरिएको छ ।
आइतवार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रधानमन्त्रीले प्रतिनिधि सभा बैठकमा गर्ने प्रश्नोत्तरको सम्बन्धमा छलफल भएको हो ।
नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीका अनुसार जेठ ४ गतेको संसद् बैठकमा प्रधानमन्त्री प्रश्नोत्तरमा सहभागी हुने तयारी भएको जानकारी दिए ।
उनले संसदभित्र रहेका दलहरूको शक्तिका आधारमा प्रधानमन्त्रीलाई प्रश्न सोध्ने समझदारी भएको पनि बताए ।





