Logo

प्रधानमन्त्री प्रचण्डले बोलाए सत्तारूढ दलको बैठक



काठमाडौँ, २ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तारूढ १० दलको बैठक आह्वान गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले आगामी आर्थिक वर्ष २०८०/०८१ सालको नीति तथा कार्यक्रमबारे सुझाव लिन सत्तारूढ १० दलको बैठक आह्वान गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

उक्त बैठक दिउँसो २ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्