Logo

प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणमा उठेका विषयको जवाफ दिने



काठमाडौँ, २२ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा आफ्नो भारत भ्रमणमा उठेका विषयको जवाफ दिने भएका छन् ।

सोमबार ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठकको शुरूमै प्रचण्डले भारत भ्रमणका क्रममा आएका विवादित विषयबारे जवाफ दिने सभामुखको सचिवालयले जनाएको छ ।

साथै उनले राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरिकता विधेयक लगायतबारे पनि जवाफ दिने भएका छन् । यही विषयलाई लिएर प्रतिपक्षी दलहरू नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले संसद् बैठक चल्न दिएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्