Logo

प्रधानमन्त्री प्रचण्डले हटाए सचिवालयका १३ कर्मचारी



काठमाडौँ, ३ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वकीय सचिवालयबाट १३ जनालाई हटाइएको छ ।

प्रधानमन्त्री प्रचण्डको निर्देशनअनुसार सचिवालयका १३ जनालाई हटाइएको हो ।

माघ १ गतेदेखि लागु हुनेगरी उनीहरुरूलाई हटाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । हटाइनेमा स्वकीय सहसचिवदेखि सवारी चालकसम्म छन् ।

उनीहरूलाई हटाउनुको कारण सचिवालयले स्पष्ट पारेको छैन । तर आफ्नो कार्यकाल एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री प्रचण्डले आफ्नो सचिवालयलाई पनि सानो तर चुस्त पार्ने बताएका थिए ।

415888073_1040635250331586_2716229380832759157_n-1705460212.jpg

प्रतिक्रिया दिनुहोस्