काठमाडौँ, १८ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही पुस २६ गते प्रतिनिधि सभामा विश्वासको मत लिने भएका छन् ।
प्रधानमन्त्री प्रचण्डले सोमवार सङ्घीय संसद्का महासचिवलाई पत्र लेखी २६ गते विश्वासको मत लिने व्यवस्था मिलाइदिन आग्रह गरेका हुन् ।
मिलेर बनेको सरकारका प्रधानमन्त्रीले प्रतिनिधि सभाको विश्वास लिनुपर्ने संवैधानिक प्रावधानअनुसार प्रचण्डले विश्वासको मत लिन लागेका हुन् । दुई सय ७५ सदस्यीय प्रतिनिधि सभाको विश्वास लिन प्रधानमन्त्रीले एक सय ३८ सांसदको समर्थन लिनुपर्छ ।







