काठमाडौँ, १४ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सनले शिष्टाचार भेटवार्ता गरेका छन् ।
बिहीवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा नेपाल र अमेरिकाबीचको सम्बन्धलाई थप सुमधुर बनाउने विषयमा छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।
नेपाल र अमेरिकाबीच सहकार्य भएका विकास आयोजना, थप सहयोगलगायतका विषयमा पनि भेटमा छलफल भएको थियो ।







