नयाँदिल्ली, १७ जेठ । भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भारतीय प्रधानमन्त्रीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले शिष्टाचार भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डलाई भेट्न डोभाल उनी बसेको होटल मौर्यमा पुगेका थिए । आज अपराह्न भएको सो भेटमा द्विपक्षीय हित र चासोका बारेमा कुराकानी भएको थियो ।
यसैबीच आजै प्रधानमन्त्री प्रचण्डसँग भारतीय विदेश सचिव विनयमोहन क्वात्राले पनि भेटवार्ता गर्ने भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री प्रचण्ड चारदिने भारत भ्रमणका लागि आजै नयाँ दिल्ली आइपुगेका हुन् ।







