Logo

प्रधानमन्त्री प्रचण्डसँग सीपीसीका पोलिटब्युरो सदस्य च्युनकाे भर्चुअल संवाद



काठमाडौँ, ७ साउन । नेपाल भ्रमणमा आएका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का पोलिटब्युरो सदस्य युआन च्या च्युनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भर्चुअल संवाद गरेका छन् ।

सीपीसी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतवार नेपाल आएका चिनियाँ नेता च्युनले इटाली भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डसँग भर्चुअल संवाद गरेका हुन् । भेटमा दुई देशको आपसी हितका विषयमा छलफल भएको छ ।

नेपाल भ्रमणमा च्युनले सरकारी र राजनीतिक पार्टीका शीर्ष नेतासँग भेट्ने सम्भावना छ । यसै अवसरमा प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणको तालिका टुङ्गो लगाउने सम्भावना पनि रहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्