Logo

प्रधानमन्त्रीसँग वार्ता गर्न कांग्रेसका शीर्ष नेता बालुवाटारमा



फाइल फोटो

काठमाडौँ , ३० वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस शीर्ष नेता बालुवाटार पुगेका छन्।

संसद् सहज रूपमा खुलाउने विषयमा छलफल गर्न प्रधानमन्त्रीले बोलाएपछि कांग्रेसका सभापति शेरबहादुर देउवा, उसपभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र नेता कृष्ण सिटौला प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएको हो।

सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध संसदीय छानबिन समिति गठनको माग गर्दै संसद् बैठकमा अवरोध जारी राखेपछि प्रधानमन्त्री प्रचण्डले वार्ताका लागि प्रमुख प्रतिपक्षी दल कांग्रेसलाई बोलाउनुभएको हो ।

 

यही जेठ १ गते सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसद्मा पेस गर्ने तयारी गरेको छ। तर कांग्रेस आफ्नो अडानमै रहेकाले प्रधानमन्त्री प्रचण्डले सहमतिका लागि पहल थाल्नु भएको छ ।

गत शुक्रबार ९वैशाख २८ गते० कांग्रेसले दुई चरण गरेर बसेको प्रतिनिधिसभा बैठकमा नाराबाजी गरेपछि स्थगन भएको थियो।

शनिबार बिहानै सभापति देउवा निवास बूढानीलकण्ठमा पदाधिकारी बैठक बसेर सरकार नै संसद् नचलाउने मनशायमा रहेको निष्कर्ष निकालेको थियो।

यसैबीच प्रधानमन्त्री प्रचण्डले आइतबार बिहानै कांग्रेस सभापति देउवालगायतसँग भेटवार्ता गर्ने कार्यक्रम बनाउनुभएको हो।

 

प्रतिक्रिया दिनुहोस्