Logo

प्रधानमन्त्री प्रचण्ड आज बुटवल जाँदै



काठमाडौँ, १६ कात्तिक । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बुटवल जाने भएका छन् । विभिन्न कार्यक्रमलाई सम्बोधन गर्न प्रचण्ड बुटवल जाने भएका हुन् ।

बिहीबार बिहान ११ बजे बुटवलको आम्दा अस्पतालमा शिलान्यास, उद्घाटन तथा वार्षिकी कार्यक्रम सकेर दिउँसो १ बजे नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश कमिटीका नेताहरूसँग प्रचण्डले छलफल गर्ने कार्यक्रम रहेको छ ।

यसै गरी दिउँसो २ बजे पार्टीका विभिन्न जन वर्गीय सङ्गठनका अगुवा तथा केन्द्रीय सदस्यलाई प्रधानमन्त्री प्रचण्डले प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्