काठमाडौँ, ३ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ इटाली जाने भएका छन् । प्रधानमन्त्री प्रचण्डको साउन ६ गते प्रस्तान गरेर ११ गते फर्कने इटाली भ्रमण आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको सरकारका प्रवक्ता समेत रहकी रेखा शर्माले जानकारी दिइन् ।
संयुक्त राष्ट्र संंघको खानी तथा कृषि सङ्गठनको मुख्यालय इटालीमा आयोजना हुने युनाइटेड नेसन फुड्स सिस्टम २०२३ स्टेटिङ मुभमेन्टमा सहभागी हुने प्रधानमन्त्रीको टोलीमा कृषि मन्त्री पनि सहभागी हुने मन्त्री शर्माले जनकारी दिइन् ।







