नयाँ दिल्ली, २० जेठ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विशेष विमानमार्फत मध्य प्रदेशको इन्दौरबाट नयाँ दिल्लीका लागि प्रस्थान गरेका छन् ।
इन्दौरस्थित देवी अहिल्याबाई होल्कर विमानस्थलमा उनलाई मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानललगायत सरकारी अधिकारीले बिदाइ गरे । उनले विमानभित्रै पुगेर नेपाली प्रतिनिधिमण्डलको बिदाइ गरेका थिए ।
सो क्रममा मुख्यमन्त्री चौहानले भारत-नेपाल सम्बन्धलाई थप प्रगाढ बनाउन आफूहरु तयार रहेको बताए । उनले भारत र नेपालबीच सदियौँ पुरानो सम्बन्ध रहेको र यसलाई अझ प्रगाढ बनाउनुपर्ने बताए ।
प्रधानमन्त्री प्रचण्ड शुक्रबार मध्य प्रदेशको इन्दौर पुगेका थिए ।







