
काठमाडौँ, ६ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ इटली प्रस्थान गरेका छन् ।
संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको मुख्यालयमा आयोजना हुने युनाइटेड नेसन्स फुड सिस्टम २०२३ स्टकिङ मोमेन्टमा सहभागी हुन शनिबार साँझ प्रधानमन्त्री प्रचण्ड इटली गएका हुन् ।
कतार एयरलाइन्सको उडानमार्फत् इटली प्रस्थान गरेका हुन् ।
प्रधानमन्त्री प्रचण्डले अतिकम विकसित मुलुकको अध्यक्षको हैसियतमा सोमबार सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने कार्यसूची छ ।
भ्रमण टोलीमा कृषि तथा पशुपन्छी विकासमन्त्री बेदुराम भुसाल, राष्ट्रिय योजना आयोगका सदस्य जयकान्त राउत र नेपाल सरकारका अन्य वरिष्ठ अधिकारी रहेका छन् ।







