Logo

प्रधानमन्त्री प्रचण्ड चितवनमा



चितवन, २७ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रवार साँझ गृह जिल्ला चितवन आइपुगेका छन् ।

प्रधानमन्त्री प्रचण्डकी छोरी एवं भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालका अनुसार प्रधानमन्त्री दुई दिनसम्म चितवनमा रहने छन् । प्रधानमन्त्रीको शुक्रवार साँझसम्म पारिवारिक भेटघाट गरेका छन् ।

प्रधानमन्त्री प्रचण्ड शनिबार पनि आफ्नै निवास भरतपुर महानगरपालिका–१४ भिमसेननगरमा बस्ने छन् । श्रीमती सीता दाहालको निधनपछि प्रधानमन्त्री प्रचण्ड पहिलो पटक चितवन आएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्