Logo

चीन पुगे प्रधानमन्त्री प्रचण्ड



चीन, ६ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीन पुगेका छन् ।

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर न्यूयोर्कबाटै प्रधानमन्त्री चीन पुगेका हुन् ।

प्रधानमन्त्री प्रचण्डलाई १९औँ एसियाली खेलकुदको उद्घाटन हुने क्षेत्र हाङझाउमा चीन सरकारका खेलकुदको सामान्य प्रशासन मन्त्री तथा चिनियाँ ओलम्पिक समितिका अध्यक्ष गाओ झिदानले स्वागत गरेका छन् ।

उनी आज हाङजाउमा हुने १९औँ एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी हुने कार्यक्रम छ ।

यस्तै, आजै उनले हाङझाउमा नै चिनियाँ राष्ट्रपति सी जीनपिङसँग भेट गर्ने कार्यक्रम छ । प्रधानमन्त्री प्रचण्ड र समकक्षी ली छ्याङबीच औपचारिक द्विपक्षीय भेट सोमवारका लागि तय भएको छ । भेटमा विभिन्न सहमतिपत्रमा हस्ताक्षर हुने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्