जाजरकोट, १८ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भूकम्प प्रभावित जिल्ला जाजरकोटमा आइपुगेका छन् । भूकम्पबाट भएको क्षति र वस्तुस्थिति बुझ्न प्रधानमन्त्री प्रचण्ड आज विहान स्वास्थ्यकर्मी र अत्यावश्यक सामग्रीसहित आएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले जाजरकोट अस्पतालमा रहेका घाइतेको अवस्था बुझ्नका साथै पीडितका आफन्तसँग कुराकानी गरेका छन् । उनका साथमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेत पनि थिए ।







