Logo

प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको निधन, ११ बजे श्रद्धाञ्जली, २ बजे दाहसंस्कार



काठमाडौँ, २७ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको आज बिहान ८ः३३ बजे नर्भिक अस्पतालमा निधन भएको छ ।

पार्किन्सन रोगबाट पीडित दाहाल लामो समयदेखि अस्वस्थ थिइन् । स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई आज बिहान अस्पताल लगिएको थियो । प्रधानमन्त्री प्रचण्ड, पार्टी कार्यकर्तालगायतका नर्भिक अस्पताल पुगेका छन् ।

नेकपा (माओवादी केन्द्र) पार्टी कार्यालय पेरिस डाँडामा आज ११ बजेदेखि पार्थिव शरीरमा श्रद्धाञ्जली दिने र २ बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिने भएको प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्