काठमाडौँ, ९ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज बिहान चीनको छोङ्छिङ पुगेका छन् ।
साताव्यापी चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री दाहाल राजधानी बेइजिङदेखि चाइना एअरको विमानमार्फत छोङ्छिङ पुगेका हुन् ।
उनलाई चिनियाँ अधिकारीद्वारा विमानस्थलमा स्वागत गरेका थिए । कार्यक्रम अनुसार आजै उनले छोङ्छिङ कृषि विज्ञान प्रतिष्ठानको अवलोकन भ्रमण गर्नेछन् ।
चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य एवं छोङ्छिङ नगरका पार्टी सचिव, युआन चिउचनले प्रधानमन्त्री दाहालको स्वागतार्थ आयोजना गर्ने दिवा भोजमा सरिक हुनेछन् ।







