Logo

प्रधानमन्त्री प्रचण्ड भदौ ३० गते अमेरिका हुँदै चीन जाने



काठमाडौँ, ३१ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आगामी सेप्टेम्बर १६ तारिखमा अमेरिका जाने भएका छन् । मंगलवार सम्पादकसँग बालुवाटारमा कुराकानी गर्दै उनले सो जानकारी दिएका हुन् ।

उनले आफू सेप्टेम्बर १६ मा संयुक्त राष्ट्रसङ्घीय महासभामा सहभागी हुन अमेरिका जाने र त्यतैबाट सेप्टेम्बर २१ तारिखमा चीन जाने जानकारी दिएका छन् ।

यस पटक चीन भ्रमणका क्रममा केही महत्वपूर्ण सहयोग सम्झौता हुने पनि उनले जानकरी दिए । चीनको बिआरआई आयोजनाका बारेमा राखिएको एक जिज्ञासामा उनले नेपालसँग भएको बिआरआई सम्झौताको कार्यान्वयन आयोजनका बारेमा छलफल हुने र यस बिआरआई आयोजनाअन्तर्गत नेपालमा अनुदान सहयोगसम्बन्धी प्रस्ताव आफूले चीनसँग राख्ने पनि उनले जानकरी दिए ।

चीन भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सि चिनफिङसँग पनि द्विपक्षीय भेटवार्ता हुने जानकारी प्रधानमन्त्री प्रचण्डले दिए ।

प्रतिक्रिया दिनुहोस्