Logo

प्रधानमन्त्री प्रचण्ड भन्छन्: सबै पक्षसँग कुरा हुन्छ



काठमाडौँ, २१ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबै पक्षसँग आफूले संवाद गर्ने बताएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीले उठाएको मागका सन्दर्भमा आफूले सबै पक्षसँग संवाद गर्ने र समस्याको समाधान हुने बताएका हुन् ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिदै प्रधानमन्त्रीले समस्याको समाधान हुने बताएका छन्। प्रधानमन्त्रीले भने, “अहिले मेरो कुरा हुँदैछ समस्या समाधान हुन्छ ।”

गृह मन्त्रालय आफैँले पाउनुपर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले दाबी गर्दै आएको छ । नागरिकता प्रकरणमा सर्वोच्च अदालतले निर्णय गरेपछि सो पार्टीका सभापतिसमेत रहेका रवि लामिछानेको सांसद पदसँगै उपप्रधानमन्त्री एवं गृहमन्त्रीको जिम्मेवारीसमेत खोसिएको थियो ।

प्रतिक्रिया दिनुहोस्