
चीन, ११ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बिहीवार कैलाश पर्वत र मानसरोवर पुगेका छन् ।
चीनको औपचारिक भ्रमणमा रहेका प्रचण्ड बुधवार तिब्बतको ल्हासा गएका थिए । उनी ल्हासाको गङ्गा विमानस्थलबाट तिब्बत एअरलाइन्समार्फत कैलाश पर्वतको भ्रमणका लागि पुगेका हुन् ।
कैलाश पर्वत र मानसरोवरको भ्रमणका लागि उनका साथमा भ्रमण दलमा रहेका सदस्यहरू पनि छन् । आज मानसरोवर ताल र कैलाशको दर्शन गरेर त्यहीँ बस्नेछन् ।






