काठमाडौँ, १ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज बिहान मुस्ताङ प्रस्थान गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डले मुस्ताङमा स्थानीयबासीसँग जलवायु परिवर्तन र हिमाली क्षेत्रमा तापमान वृद्धिका असरहरूका सम्बन्धमा अन्तरक्रिया गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ ।
उनले राष्ट्रिय प्रकृति संरक्षण कोष र अन्नपूर्ण संरक्षण क्षेत्रका अधिकारीसँगसमेत अन्तरक्रिया गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ ।







