काठमाडौँ, २५ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड युगान्डा भ्रमणमा जाने भएका छन् ।
बुधबार बसेको मन्त्रिपरिषद्को निर्णय आज सिंहदरबारमा सुनाउँदै सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले यसबारेमा जानकारी गराएकी हुन् ।
प्रवक्ता शर्माका अनुसार प्रधानमन्त्री प्रचण्डले युगान्डाकाे राजधानी कम्पालामा माघ ५ र ६ गते आयोजना हुने असंलग्न आन्दोलनका विजयी राष्ट्रहरूको १९ औँ सम्मेलनमा भाग लिनेछन् ।
त्यसअघि माघ ३ र ४ गते हुने असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरूको मन्त्रिस्तरीय बैठकमा परराष्ट्रमन्त्री एनपी साउद र माघ १ र २ गते हुने पदाधिकारी बैठकमा परराष्ट्र सचिवको नेतृत्वमा नेपाली प्रतिनिधि मण्डल गठन गर्ने निर्णय भएको छ ।







