Logo

प्रधानमन्त्री प्रचण्ड र सभापति लामिछानेबीच भेट



काठमाडौँ, १७ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन् ।

चितवन –२ बाट प्रतिनिधि सभा सदस्यमा दोस्रो पटक निर्वाचित भएपछि लामिछाने प्रधानमन्त्री प्रचण्डलाई भेट्न आइतबार बालुवाटार गएका हुन् । भेटमा प्रधानमन्त्री प्रचण्डले लामिछानेलाई पुन निर्वाचित भएकोमा बधाई दिएका छन् ।

भेटमा प्रधानमन्त्री प्रचण्डले रास्वपालाई सरकारमा आउन आग्रह गरेका छन् । रास्वपाले सरकारमा जाने नजानेबारे निर्णय गर्न सोमबार बैठक बोलाएको छ ।

प्रतिक्रिया दिनुहोस्