काठमाडौँ, २२ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आज पनि भेटवार्ता हुँदैछ ।
शुक्रबार दिउँसो ३ बजे शीर्ष नेताबीच सिंहदरवारमा भेट हुने तय भएको एमाले अध्यक्ष ओलीका प्रेस संयोजक रामशरण बजगाईले जानकारी दिए ।
भेटवार्ताको एजेण्डाबारे आधिकारीक जानकारी नभएको प्रेस संयोजक बजगाईले बताए । नक्कली भुटानी शरणर्थी प्रकरणमा एमाले सचिव टोपबहादुर रायमाझी मुछिएपछि दुई शीर्ष नेताबीच भेटवार्ता बाक्लिएको छ ।
यसअघि हिजो पनि प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता भएको थियो ।