Logo

प्रधानमन्त्री प्रचण्ड र राष्ट्रसंघका उपमहासचिव पिर्रेबिच भेटवार्ता



काठमाडौँ, १३ असार । राष्ट्रसंघको शान्ति सेनासम्बन्धी विभाग हेर्ने उपमहासचिव जिन-पिर्रे ल्याक्रोइक्सले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

आज भएको भेटमा नेपाल र संयुक्त राष्ट्रसंघबिचको साझेदारी तथा शान्ति सेनामा नेपालको योगदानका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

​ उपमहासचिव ल्याक्रोइक्स चार दिने भ्रमणमा मंगलबार काठमाडौँ आइपुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस्