Logo

प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीच टेलिफोनमा कुराकानी



काठमाडौँ, २० साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोनमा कुराकानी भएको छ ।

भारतीय प्रधानमन्त्री मोदीले आज बेलुका प्रचण्डलाई टेलिफोन गरेको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

कुराकानीमा प्रचण्ड र मोदीले नेपाल-भारत द्विपक्षीय सहयोगका विभिन्न पक्षको समीक्षा गरेका थिए । प्रधानमन्त्री प्रचण्डको पछिल्लो भारत भ्रमणका क्रममा भएको सम्झौता र समझदारीलाई कार्यान्वयन गर्ने विषयमा पनि छलफल भएको छ ।

भारतले अघि सारेको ‘छिमके पहिले’ नीति अनुसार नेपाल भारतको नजिकको सहयोगी र साझेदार रहेको मोदीले बताएका छन् । यो टेलिफोन वार्ताले दुई देशबीचको उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्