Logo

प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति पौडेलबीच भेटवार्ता



काठमाडौँ, ३० भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले अमेरिका भ्रमण शुरु गर्नुअघि राष्ट्रपति भवन शीतल निवासमा गएर राष्ट्रपति पौडेलसँग भेट गरेका हुन् ।

भेटमा प्रधानमन्त्री प्रचण्डले अमेरिकाको न्युयोर्कमा हुने आसन्न संयुक्त राष्ट्रसंघको महासभामा आफ्नो सहभागिता र चीन भ्रमणका बारेमा जानकारी गराएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन आज बेलुका न्युयोर्क जाँदै छन् ।

प्रतिक्रिया दिनुहोस्