Logo

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच भेटवार्ता



काठमाडौँ, २० असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

शनिबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच भेटवार्ता भएको हो ।

भेटमा पछिल्लो समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ । संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलगायत विविध विषयमा छलफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्