काठमाडौँ, १७ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन् ।
आज बिहान भएको भेटमा मन्त्रिपरिषद विस्तार लगायतका विषयमा छलफल भएको छ । नागरिकता विवादमा पदमुक्त भएपछि प्रधानमन्त्रीसँगको रविको यो दोस्रो भेट हो ।
आइतबार पुन: नागरिकता लिएपछि रवि प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए । भेटमा गृहमन्त्री आफ्नो भागमा पाउनु पर्ने रास्वपाले माग गर्दै आएको छ । तर, प्रधानमन्त्री प्रचण्डले भने तत्काल आफ्नो मातहतमा रहने जानकारी दिएका छन् ।
एमालेले भने सहमति अनुसार नै राष्ट्रिय स्वतन्त्र पार्टीले गृह पाउनु पर्ने दबाब दिँदै आएको छ । तर माओवादी भने तत्काल नदिने मुडमा छ । यसले गर्दा सरकारमा खटपट देखिने संकेत देखिएको छ ।







