काठमाडौँ, २४ माघ । आसन्न राष्ट्रपति पदको निर्वाचन तयारीका लागि नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् ।
मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा आसन्न राष्ट्रपति निर्वाचनका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवाचलयले जनाएको छ ।







