काठमाडौँ, १८ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपाली सेनाको स्वास्थ्य टोलीसहित भूकम्प प्रभावित क्षेत्र गएका छन् । उद्दार, खोज र राहतका लागि प्रधानमन्त्री प्रभावित क्षेत्र गएका हुन् । नेपाली सेनाका तीन वटा हेलिकोप्टर परिचालित हुने भएको छ ।
उद्धार र राहतका लागि तिनवटै निकायका सुरक्षाकर्मी परिचालित छन् । केही ठाउँमा सडक बन्द भएकाले राहत तथा उद्धारमा समस्या भएको प्रहरीले जनाएको छ ।
जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११ः ४७, १२ः०८, १२ः २९, १२ः ३५ गरी ४ पटकको क्रमशः ६.४, ४.८,४.२, ४.३ म्याग्निच्युडको भुकम्पका कारण रूकुम पश्चिम र जाजरकोटका दर्जनौंको मृत्यू र घाईते भएका छन् ।








