Logo

प्रधानमन्त्री मौन बस्दा देश चेपुवामा पर्‍यो: बास्कोटा



काठमाडौँ, १६ भदौ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’मौन बस्दा देश चेपुवामा परेको टिप्पणी गरेका छन् ।

शनिबार सामाजिक सञ्जालमा लेखेर उनले छिमेकीसँगको ‘मौन सम्बन्ध’का नाममा देश चेपुवामा रहन नसक्ने बताएका हुन् ।

उनले प्रधानमन्त्री जानुअघि भारतले नेपालको केही भूभाग समेटेर अखण्ड भारतको नक्सा ल्याउँदा ‘सम्बन्धका कारण बोलिनँ’ भनेको स्मरण गरेका छन् । अहिले चीन जानुअघि उसले आफ्नो नयाँ नक्सामा नेपाली भूभागलाई वास्ता नगरेकोमा पनि प्रधानमन्त्री मौन रहेको उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्