Logo

प्रधानमन्त्री रोजगार कार्यक्रम: ३५ लाखभन्दा धेरै बेरोजगार सूचीकृत



काठमाडौँ, २९ वैशाख । बितेका पाँच वर्षमा बेरोजगारको सूचीमा सूचीकृत ३५ लाख भन्दा धेरै बेरोजगार मध्ये झण्डै १७ प्रतिशतले मात्रै प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत रोजगारी पाएका छन् ।

सरकारले पाँच वर्षभित्र बाध्यताको वैदेशिक रोजगारी अन्त्य गर्ने उद्देश्यसहित आर्थिक वर्ष २०७५/०७६ देखि कार्यान्वयनमा ल्याएको प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बितेका चार वर्षमा ३५ लाख ३२ हजार ९९७ जना बेरोजगार व्यक्तिहरू सूचीकृत भएकोमा ५ लाख ८९ हजार ७७९ अर्थात् १६.६९ प्रतिशतले मात्र रोजगारी पाएका हुन् ।

त्यस्तै आर्थिक वर्ष २०७५/०७६ मा १७ लाख १ हजार ५५१ जना बेरोजगारको सूचीमा सूचीकृत भएको १ लाख ७५ हजार ९०९ जनाले अर्थात् १०.३४ प्रतिशतले मात्र प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत रोजगारी पाएका थिए ।

त्यसैगरी आर्थिक वर्ष २०७६/०७७ मा तीन लाख ७० हजार ७३४ जना बेरोजगारको सूचीमा सूचीकृत भएको एक लाख ५ हजार ३६५ जनाले, आर्थिक वर्ष २०७७/०७८ मा सात लाख ५२ हजार ४४९ जना बेरोजगारको सूचीमा सूचीकृत भएकोमा २३ .८५ प्रतिशत अर्थात् एक लाख ७९ हजार ४६९ जनाले र आर्थिक वर्ष २०७८/०७९ मा सात लाख आठ हजार २६३ जना बेरोजगारको सूचीमा सूचीकृत भएको १८.२२ प्रतिशत अर्थात् एक लाख २९ हजार ०३६ जनाले रोजगारी पाएको श्रम मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रमकै लागि सरकारले चालु आर्थिक वर्षमा ७ अर्ब ५ करोड रुपैयाँ रकम विनियोजन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्