
काठमाडौँ, २२ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहेको एसियन एथलेट्स् एशोसिएसनका अध्यक्ष एवं वल्र्ड एथलेट्स्का सदस्य डह्लान अल-हमदबीच शिष्टाचार भेटवार्ता भएको छ ।
प्रधानमन्त्रीको निवास बालुवाटरमा आज भएको भेटवार्तामा खेलकुद तथा समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।





