काठमाडौँ, ३० पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सित उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले भेटवार्ता गरेका छन् ।
शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उनीहरूबीच छलफल भएको हो ।
त्यसक्रममा मन्त्रिपरिषद् विस्तार, मन्त्रालयको भागबन्डालगायत विषयमा छलफल भएको बताइएको छ ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछानेबीच सत्ता साझेदारीपछि छलफल हुँदै आएको छ ।
प्रधानमन्त्री प्रचण्ड सत्ता गठबन्धनमा मन्त्रालयको भागबन्डा टुंगो लगाएर मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा छन् ।







