Logo

प्रधानमन्त्री र दलका प्रमुख सचेतकबीचको छलफल जारी



काठमाडौँ, २३ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतक, मुख्य सचिव, कानुनमन्त्री, कानुन सचिव लगायतसँग छलफल जारी रहेको छ ।

केहीबेर अघिदेखि प्रधानमन्त्री निवास बालुवाटारमा सुरू भएको छलफलमा विधेयकसम्बन्धी छलफल सुरू गरेका हुन् ।

प्रतिनिधि सभा बैठकलाई प्रभावकारी बनाउने विषयमा छलफलको आयोजना गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

छलफलमा संविधानसभा अध्यक्ष सुवास नेम्बाङ लगायत दलका सचेतकहरु सहभागी रहेका छन् । प्रतिनिधि सभा बैठकलाई प्रभावकारी बनाउने विषयमा प्रमुख सचेतकहरूसँग छलफल आयोजना गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्