Logo

प्रधानमन्त्री र मन्त्री चुनावी सभामा जानु आचारसंहिताको ठाडो उल्लंघन: पोखरेल



काठमाडौँ, २२ वैशाख । एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री र मन्त्रीहरू चुनावी प्रचारमा जानु आचारसंहिता ठाडो उल्लंघन भएको बताएका छन् ।

सामाजिक सञ्जालमा महासचिव पोखरेलले लेखेका छन्, ‘प्रधानमन्त्री र मन्त्रीहरू चुनाव प्रचारमा हिँड्नु आचारसंहिताको ठाडो उल्लङ्घन हो ।  यतिबेला सत्तापक्षलाई हाम्रो सुझावको सम्झना हुँदैहोला ।’

प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा गठबन्धनको सभा भन्दै देश दौडाहामा छन् । उनले आज चितवनको सभालाई सम्बोधन गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्