काठमाडौँ, ७ साउन । प्रधान सेनापति प्रभुराम शर्मा अष्ट्रेलिया भ्रमणमा जाने भएका छन् ।
पर्सि ९ देखि ११ गतेसम्म अष्ट्रेलियाको डिफेन्स फोर्सको संयोजनमा यूएस इन्डो प्यासिफिक कमाण्डले गर्ने एसिया प्रशान्त क्षेत्रका सेनापतिहरुको सम्मेलनमा भाग लिन सेनापति शर्मा आज बेलुका अष्ट्रेलिया प्रस्थान गर्न लागेका हुन् ।
सम्मेलनमा विद्यमान अन्तर्राष्ट्रिय सुरक्षा एवं आपसी सहयोगका पक्षलाई समेटी सुरक्षाका विविध विषयमा छलफल हुनेछ । यस्तै, सहभागी विभिन्न देशका सेनापति बीच अन्तर्राष्ट्रिय सुरक्षा वातावरण, प्रविधि, रणनीतिक सोच लगायका विषयमा छलफल, अन्तरक्रिया र विचार आदान प्रदान हुने नेपाली सेनाले जनाएको छ ।







