Logo

प्रभु बैंकका सीईओसहित चार जनामाथिको बैंकिङ्ग कसूर मुद्दामा अदालतबाट पुनः २ दिन म्याद थप



काठमाडौं, १९ मंसिर । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनसहित चार जनामाथि दर्ता भएको बैंकिङ्ग कसूर मुद्दामा अनुसन्धानका लागि अदालतले पुनः म्याद थपेको छ।

उच्च अदालत पाटनका न्यायाधीश सोमकान्त मैनाली र केशवप्रसाद बास्तोलाको संयुक्त वाणिज्य इजलासले शुक्रबार थप २ दिनको म्याद स्वीकृत गरेको हो। यसअघि पनि अनुसन्धानका लागि अदालतले म्याद दिएको थियो।

मुद्दामा प्रभु बैंकका सीईओ अशोक शेरचन, डेपुटी सीईओ मणिराज पोखरेल, सीसीओ रिवाश श्रेष्ठ र बैंकका कर्मचारी राजेन्द्र शाक्यको भूमिकाबारे अनुसन्धान भइरहको उच्च अदालत पाटनको प्रशासन शाखाले जानकारी दिएको छ।

मुद्दाको प्रकृति, संलग्न व्यक्तिहरूको भूमिका र आवश्यक प्रमाण संकलनका कारण थप समय आवश्यक परेको अदालतले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्