Logo

प्रभु साहको नेतृत्वमा ‘आम जनता पार्टी’ गठन



काठमाडौँ, १४ पुस । स्वतन्त्र सांसद प्रभु साहको नेतृत्वमा नयाँ पार्टी गठन भएको छ ।

काठमाडौँ बिहीवार सम्पन्न भेलाले साहको अध्यक्षतामा आम जनता पार्टी घोषणा गरेको हो ।

भेलाले ५१ सदस्यीय तदर्थ समितिसमेत गठन गरेको छ । पार्टीको प्रदेश अध्यक्ष, सचिव र इन्चार्जको जिम्मेवारीसमेत तोकिएको छ । पार्टीलाई व्यवस्थित ढङ्गले सञ्चालन गर्न आम जनता पार्टीको अन्तरिम विधान २०७९ लाई पारित गरेको छ ।

नेकपा एमाले परित्याग गरी स्वतन्त्र उम्मेदवारी दिएका साह गएको मङ्सिर ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधि सभा चुनावमा रौतहट निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए ।

आम नागरिकको चाहना र वर्तमान समयको आवश्यकतालाई आत्मसात् गर्दै देशलाई अग्रगमनको दिशामा अगाडि बढाउन नयाँ पार्टी गठन गरिएको अध्यक्ष साहले बताए ।

प्रतिक्रिया दिनुहोस्