Logo

प्रभु साहलाई गठबन्धनले समर्थन गर्ने



काठमाडौँ, २७ असोज । रौतहटमा स्वतन्त्र उम्मेदवारी दिएका एमालेका नेता प्रभु साहलाई सत्ता गठबन्धनले समर्थन गर्ने भएको छ ।

नेकपा एमालेले जनता समाजवादी पार्टीसँग तालमेल गरेपछि रुष्ट भएका साहले रौतहत-३ मा र मधेसका विभिन्न क्षेत्रमा आफ्नो टिमसहित नै स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

सत्ता गठबन्धनले रौतहत-३ मा माओवादीका धिरज पटेललाई उम्मेदवार बनाएको छ । तर अब प्रभु साहलाई समर्थन गर्ने निर्णय भएको माओवादीका उपमहासचिव वर्षमान पुनले जानकारी दिए । माओवादीका पटेलको उम्मेदवारी फिर्ता नभए पनि अब निष्क्रिय जस्तै हुने पुनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्