काठमाडौँ, २८ असोज । नेकपा एमालेले स्थायी कमिटी सदस्य तथा मधेस प्रदेश सह-इन्चार्ज प्रभु साहलाई पार्टीबाट निष्कासन गरेको छ ।
महासचिव शंकर पोखरेलले परिपत्र जारी गर्दै पार्टीबाट निष्कासन गरेको जानकारी दिएका हुन् ।
प्रभु साहले प्रतिनिधिसभातर्फ रौतहट-३ बाट स्वतन्त्र उमेदवारी दिएका छन् । रौतहट जिल्ला इन्चार्ज उपेन्द्र शाह र सहइन्चार्ज कुन्दनप्रसाद कुशवाहलाई पनि साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको परिपत्रमा उल्लेख छ ।







