Logo

प्रमुख प्रशासकीय अधिकृत चौलागाईले हाजिर गर्न पाएनन्



मेचीनगर, २५ पुस । मेचीनगर नगरपालिकाबाट काज बिदा लिएर गएका प्रमुख प्रशासकीय अधिकृत राजकपुर चौलागाई आज नगरपालिका फर्किएका छन् ।

तर, नगरपालिकाले उनलाई हाजिर गर्न दिएन । आज विहान कार्यालय समय भएपछि कार्यालय प्रवेश गरेका उनले उपप्रमुख मीना उप्रेतीसँग भेट गरेर हाजिर गर्ने व्यवस्था मिलाइदिन आग्रह गरेका थिए ।

उपप्रमुख उप्रेतीले फिर्ता पठाउने निर्णय भइसकेको हुँदा अहिले हाजिर गर्न मिल्दैन भनेर चौलागाईलाई फर्काइदिइन् ।

नगरपालिकाको बोर्डले चौलागाईको कार्य सम्पादन शैलीप्रति असन्तुष्टि जनाउँदै उनलाई नगरपालिकाबाट सरुवा जाने मार्ग प्रशस्त गरेको थियो । चौलागाईलाई फिर्ता पठाउने निर्णय गर्दै नगरपालिकाले उनको अधिकारहरुसमेत खोसेको थियो ।

आज चौलागाई नगरपालिकामा हाजिर हुन आउँदा नगरप्रमुख गोपाल बुढाथोकी कार्यालयमा उपस्थित थिएनन् ।

प्रतिक्रिया दिनुहोस्