Logo

प्रशिक्षक-खेलाडी विवाद: तीन सदस्यीय छानबिन समिति गठन



काठमाडौँ, २५ वैशाख । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र बन्द प्रशिक्षण छाडेका खेलाडीबीचको विवादबारे छानिबन गर्न तीन सदस्यीय समिति गठन गरेको छ ।

ललितपुरको एन्फा मुख्यालयमा आइतवार बसेको कार्यसमितिको आकस्मिक बैठकले फुटबलका मुख्य प्रशिक्षक र खेलाडीको विवादबारे छानबिन गर्न आर्मीका पूर्व उपरथी तथा पूर्व खेलाडी भिक्टर राणाको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो ।

समितिमा पूर्व खेलाडी विदुर विष्ट र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घका उपाध्यक्ष दीपक थापा रहेका छन् । एन्फाले एक हप्तामा विवादबारे छानबिन गरेर प्रतिवेदन पेस गर्न एन्फालाई निर्देशन दिएको छ ।

एएफसी एसियन कप छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय खेलाडीले मुख्य प्रशिक्षक अलमुताईरीको कार्यशैलीमा असन्तुष्टि जनाउँदै वैशाख १३ गते १० जना खेलाडीले बन्द प्रशिक्षण छाडेका थिए ।

प्रतिक्रिया दिनुहोस्