झापा, १० वैशाख । झापा बिर्तामोड ६ का सामाजिक ब्याक्तित्व गोपिचन्द्र प्रसाइले आफ्नो पितृमोक्षका लागी एकधुर जमिन भुमिदान गर्नु भएको छ ।
स्वच्छ समाजका लागी सामाजिक अभियान अर्जुनधारा ११ झापाले दृष्टिबिहिन एवम् असहाय वृद्ध बस्ने आवास निर्माणका लागी जमिन खरिद गर्न अभियानले एकधुर एक ब्याक्ती सहयोग संचालन रहेको कार्यक्रम अन्तर्गत एकधुर बराबर एकहक्तर हजार एक सय एघार रुपैया सामाजिक अभियन्ता एवम् समाजका अध्यक्ष गणेश ढुङ्गानालाइ प्रसाईं परिवारले हस्तान्तरण गरेको हो।
अभियानले अर्जुनधारा, बिर्तामोड, सुरुङ्गा एवम् मेचिनगरको विभिन्न स्थानबाट टुटेफुटेका सिसा, प्लास्टिक, फलाम आदि फोहोर संकलन गरि बिक्री गरि आएको सकलित रकम एवम् देश बिदेशका सहयोगी मनका धनी ब्याक्तित्वहरुले दिएको रकमले अर्जुनधारा नगरपालिका ११ स्थित देवनिया प्रगतिटोल स्थित २ कटा ७ धुर जमिन खरिद गरेको छ ।
सस्थालाई सहयोगी मनका धनि मिनाकुमारी राइले खानेपानी कल आदिको सहयोग गर्नु भएको अभियन्ता डुङ्गानाले बताउनुभयो । हाल आवासका लागि संकलित फोहोर बिक्री गरि आएको रकमबाट ढुङ्गा गिटि खरिद गरि सोही जमिनमा भवन निर्माण गर्न पनि थालिएको बरिस्ठ सल्लाहकार बोल प्रसाद कोइरालाले बताउनुभयो ।
कार्यक्रममा अतिथिहरु सामाजिक ब्याक्तित्व हस्त परियार, रोशन कन्दङ्गवा, गङ्गा प्रसाद मैनाली, उपाध्यक्ष शेर बहादुर थापा आर्थिक संयोजक बुद्धिलाल चौधरी, महासचीव मोहन योगि, कैलास कन्दङ्गवालगायतले धन्यवाद एवम् शुभकामना व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा छोराबुहारीहरु उत्तम, डम्बर, बिरेन्द्र, मोहन र श्रीमति टिकादेबी प्रसाईं परिवारले असहाय एवम् अनाथ आश्रम बन्न लागेकोले सहयोग गर्न पाउँद दानबिर गोपिचन्द्र प्रसाइले खुसी व्यक्त गर्नु भएको थियो । कार्यक्रमको सहजीकरण सचीव अभिचन्द्र बास्कोटाले गर्नुभएको थियो।