Logo

प्रसूति गृहबाट हराएको शिशु भक्तपुरको काँडाघारीमा फेला



काठमाडौँ, १२ फागुन । काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालबाट हराएको नवजात शिशु (बालिका) फेला परेको छ ।

उक्त अस्पतालबाट शुक्रबार हराएको शिशु काठमाडौँको काँडाघारीमा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

“हराएको नवजात शिशु भक्तपुरको काँडाघारीमा फेला परेको छ”, उनले भने, “बच्चा लिएर जाने महिलालाई पक्राउ गरेका छौँ ।”

काभ्रेपलाञ्चोकको चौरी देउराली गाउँपालिका-३ घर भई हाल काठमाडौँको कपन बस्दै आएकी २२ वर्षीया सविना श्रेष्ठले शुक्रबार दिउँसो प्रसूति गृहबाट आफ्नो २६ दिनको शिशु चोरी भएको भन्दै प्रहरीलाई मौखिक सूचना दिएपछि प्रहरीले खोजी कार्य सुरु गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्