Logo

प्रसूति तथा स्त्रीरोग अस्पतालले दशैं बिदामा पनि सेवा दिने



काठमाडौं, २१ असोज । काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालले सार्वजनिक बिदाको दिनमा पनि विरामीहरुको उपचार सेवा सुचारु हुने जनाएको छ । अस्पतालका निर्देशक डा.। श्रीप्रसाद अधिकारीले सार्वजनिक बिदाको दिन पनि बिरामीहरुले अस्पतालमा उपचार सेवा पाउने स्पष्ट पार्नुभएको हो ।

दशैँ, तिहार लगायतका चाडपर्वको बेला सार्वजनिक बिदा अस्पतालहरुमा पनि हुने गर्दछ । ती बिदाका दिनमा पनि आफूहरुले उपचार सेवा दिने काम २४ घण्टा नै हुने र त्यो इमर्जेन्सी कक्षमार्फत हुने पनि निर्देशक अधिकारीले बताउनुभयो । उहाँले सार्वजनिक बिदाको दिनमा पनि कुनै स्वास्थ्य समस्या भएका इमर्जेन्सीमार्फत २४ घण्टा नै विरामीहरुको उपचार हुने भएकाले त्यस्ता विरामीहरुले अस्पताल बन्द छ भनेर सोच्न नपर्ने बताउनुभयो ।

अस्पतालले दशैँमा ४ दिन र तिहारमा ३ दिन सार्वजनिक बिदा दिर्ने गर्दछ । तर ती सार्वजनिक बिदाको दिनमा ओपीडी सेवा बन्द भएपनि सबै विरामीको उपचार इमर्जेन्सी सेवाबाट हुनेगरी २४ घण्टा नै चिकित्सकहरु परिचालित हुने निर्देशक अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो,, ” हामी पहिले नै प्रिपिएर भएर बस्छौं ड्युटीमा रहेका कुनैपनि डाक्टरले बिदा नलिने र त्यो युनिट, जसले आजको ड्युटी गर्छ, फूलपातीमा, अष्टमी ड्युटी गर्छ ।, “

उहाँहरुले आफ्नो समूहमा समयमै ड्युटीमा आउने, सकेसम्म बिदा नलिने, लिन परे रिप्लेस गरेर लिने नियम बनाइएको उहाँले जानकारी गराउनुभयो ।

उहाँले भन्नुभयो, , “यसरी हामीले ह्युमन रिसोर्सलाई पनि मिलाएका छौं । र, कर्मचारी प्रशासनलाई पनि हामीले यो कुरा अवगत गराएका छौं । बच्चा कम चल्यो । मानौं, बच्चा आज कम चल्यो, अथवा पानी बगेजस्तो भयो । अथवा अलि पेट दुखेजस्तो भयो । अव उहाँहरुलाई मलाई केही भयो कि भन्ने शंका लाग्यो भने उहाँहरुले बिदाको दिन छ भनेर घर बस्नु पर्दैन, तुरुन्त इमर्जेन्सी डाईरेक्ट आउन सक्नु हुन्छ । र, ठिक छ भनेर भिडियो एक्सरे लगायतका गरेर बरु घर जान सकिन्छ ।,”

डयुटीमा कम्तिमा ६ जना एमडी गरेका डाक्टरहरु र ६ जना एमडी गरिसकेका डाक्टरहरु १२ जना डाक्टरहरुको टिम एभ्री डे २४ घण्टा नै उपलब्द्ध हुनेछन् ।

दशैँको ४ दिन, तिहारको ३ दिन र कृष्ण जन्माष्टमी र शिवरात्रीको दिन अस्पतालले सार्वजनिक बिदा दिने गरेको छ । त्यसबाहेका अन्य सार्वजनिक बिदाहरुमा आधा दिन अस्पतालले बिरामीहरुका लाग सेवा दिने काम गर्ने पनि अस्पतालले जनाएको छ । निर्देशक डा.। अधिकारीले बिदाको दिनमा पनि करिव १२ जना चिकित्सकहरुको समूह २४ घण्टानै उपचारका लागि परिचालन हुने गरेको बताउनुभयो ।

यस्तै, अस्पतालमा हाल गर्भवती महिलाहरुको चाप बढेको छ । असार, साउन, भदौ, असोजमा गर्भवतीको संख्या बढेर महिनामा करिव २ हजारको संख्या पुग्ने गरेको पनि निर्देशक डा.। अधिकारीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्