काठमाडौँ, ३२ जेठ । संसदीय सुनवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसँग आज बिहान ८ बजे प्रष्टीकरणका लागि बोलाएको छ । समिति बैठकमा उपस्थित हुन कार्कीलाई सन्देश पठाइएको समितिले जनाएको छ ।
सर्वोच्च् अदालतमा लामो समयदेखि कार्याबहाक प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका कार्कीलाई यसै महिनाको पहिलो हप्ता संवैधानिक परिषद्ले
प्रधानन्यायाधीश सिफारिस गरिएको थियो ।
कार्कीविरुद्ध परेका २९ वटा उजुरीका सम्बन्धमा प्रष्टीकरणका लागि बोलाएको हो । समितिले उजुरीकर्तासँग हिजो छलफल गरेको थियो ।





