Logo

प्रस्तावित प्रधानन्यायाधीश कार्कीसँग आज सांसदहरूको प्रश्न-उत्तर



काठमाडौँ, १ असार । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई संसदीय सुनुवाइ समितिको आजको बैठकमा पनि बोलाइएको छ । बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकमा उपस्थित भएका उनलाई आज पनि सुनुवाइका लागि बोलाइएको हो ।

बिहीबारको बैठकमा कार्कीले आफ्नो कार्य योजना पेस गरेका थिए । आज बस्ने बैठकमा प्रस्तावित प्रधानन्यायाधीशसँग समिति सदस्यहरूले सवाल जवाफ गर्नेछन् ।

कार्कीमाथि परेका उजुरी र उनले पेस गरेका कार्य योजनाबारे सवाल जवाफपछि कार्कीको नाम अनुमोदन गर्ने तयारी छ । बैठक आज बिहान ८ बजेका लागि बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्